Tuesday, April 23, 2013

How to save longlife of Laptop battery?


कसरी लम्ब्याउने ल्यापटपको ब्याट्रीको आय

ल्यापटप खरिद गर्नुअघि धेरैले सोध्छन्- यसको व्याट्री व्याकअप कस्तो ? भनिरहनु पर्दैन, ल्यापटपका निम्ति ब्याट्री एक महत्त्वपूर्ण अंश हो। कुनै पनि ल्यापटपको निश्चित आयु हुन्छ ब्याट्री फेर्नुपर्यो भने त्यो महँगो पनि पर्छ। ल्यापटपको ब्याट्री लाइफ बढाउने/घटाउने कुरा प्रयोगकर्ताकै हातमा निर्भर हुन्छ। आफ्नो ल्यापटपको ब्याट्रीको आयु लामो बनाउन केही कुराको ख्याल गर्नुपर्छ। पावर सेभर मोडः ल्यापटप सञ्चालनलाई पावर सेभर मोडमा राखौं। टक्सबारको दायाँतर्फ देखिने ब्याट्री आइकनमा क्लिक गरी पुन मोर पावर अप्सनमा जानुपर्छ। त्यसपछि देखा पर्ने रेडियो बटनमध्ये पावर सेभरमा क्लिक गर्नुपर्छ। ब्याकलाइट घटाउनेः यो खासगरी लेड ब्याकलाइट नभएकाहरूका लागि हो। ल्यापटप स्क्रिनलाई जति चहकिलो बनाएर प्रयोग गरिन्छ ब्याट्री उति नै बढी खपत हुन्छ। प्रायःजसो स्क्रिनलाई अति चहकिलो बनाउनुपर्ने अवस्था आउँदैन। स्क्रिनलाई अलि मधुरो बनाएर प्रयोग गर्दा आँखालाई पनि त्यति धेरै असर गर्दैन। ब्याकलाइट घटाउन किबोर्डको ब्राइटनेस हट किलाई थिच्नुपर्छ। ब्लुटुथ वाईफाई बन्द गर्नेः वाईफाई ब्लुटुथ सक्रिय नै राख्दा त्यसले ब्याट्रीको खपत बढी गर्छ। त्यसैले आवश्यक पर्दा मात्र यसलाई अन गर्नुपर्छ। हट कि वा ल्यापटपको वायरलेस तथा ब्लुटुथ वटनलाई थिचेर अन वा अफ गर्न सकिन्छ। भारी ऊर्जा खपत गर्ने प्रोगाम नचलाउनेः गेम खेल्ने वा फाइलहरू डाउनलोड गर्ने वा डिभिडी हेर्नेजस्ता कार्यले ल्यापटपको सीपीयूमा बढी भार पर्छ। यसबाट बढी ऊर्जा खपत हुन्छ ब्याट्री सामान्य अवस्थामा भन्दा छिटो सकिन्छ। त्यसैले यस्ता काम बिजुली आएकै बेला गर्नु उपयुक्त हुन्छ। अनावश्यक प्रोगाम बन्द गर्नेः प्रयोगकर्ताहरूमा सामान्यतः एकभन्दा बढी प्रोगाम खुला राख्ने बानी हुन्छ। आवश्यक नपर्दा समेत प्रोगाम खुला नै राख्दा त्यसले ऊर्जा खपत बढाउँछ। इन्टरनेटमा नजोडिएको अवस्थामा एन्टिभाइरस तथा फायरवाललाई निष्क्रिय राख्न सकिन्छ। बाह्य उपकरण नजोड्नेः युएसबी उपकरणहरूले ब्याट्री छिटै सक्छन्। एसटर्नल माउस, पीसी कार्ड, वाईफाईर्, एक्सर्टनल स्पिकरजस्ता उपकरणहरूलाई नजोड्दा ब्याट्री खपत कम हुन्छ। प्रयोगमा ल्याउन आवश्यक छैन भने सीडी, डीभीडी ड्राइभभित्र कुनै सीडी वा डीभीडी नछाड्नु नै बेस हुन्छ। स्क्रिन सेभर बन्द गर्नेः स्क्रिन सेभर बन्द गर्दा पनि ब्याट्री जोगिन्छ। स्लिप होइन हाइवरनेटः स्ट्यान्डवाइ मोड तथा स्लिप मोडमा ल्यापटपको हार्ड ड्राइभ डिस्प्ले निष्क्रिय हुन्छन् तर मेमोरी सक्रिय नै हुन्छ। यसले ब्याट्रीको खपत गरि नै रहेको हुन्छ। त्यसैले हाइवरनेटको सुविधा उपलब्ध भने हाइवरनेसन मोडमा राख्नु उपयुक्त हुन्छ

0 comments:

Post a Comment